चोकमा मिलेर बसे राजा र प्रजा: माथि लखन तल पृथ्वी

पाेखरा | माघ ६, २०७९

चोकमा मिलेर बसे राजा र प्रजा: माथि लखन तल पृथ्वी

पोखराः ४ वर्षअघि जनयुद्ध दिवसको भोलिपल्ट अर्थात् फागुन २ गते पोखराको पृथ्वीचोक भनि परिचित स्थानमा रातारात लखन थापाको शालिक ठडियो । त्यसयता लखनचोक भनेर चिनिँदै आएको छ पृथ्वीचोक । 

 

सोही वर्षको दशैंताका पोखरा महानगरले यातायात व्यवस्थापन गर्ने भन्दै मध्यरातमा थापाको शालिक हटाएको थियो । प्रथम सहिद थापाको शालिक हटाइएपछि मगर संघले आन्दोलनको बलमा पुनः शालिक ठड्याउन सफल भएको थियो । 

 

उक्त शालिक महानगरको खर्चमा मगर संघले निर्माण ग¥यो । थापालाई प्रथम सहिद भनेर सरकारले मान्यता दिइसकेको छ । 

 

गोरखा काउलेस्थित भंगाराका थापा राणा शासन विरुद्ध लाग्दा सहिद भएका हुन् । ०६४ वैशाखमा नेकपा माओवादीको भातृ संगठन वाइसियलले राजा पृथ्वीनारायण शाहको शालिक फोडेको थियो । 

 

त्यसको लामो समयपछि गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको मत र राजनीतिक घनचक्करबीच नेकपा माओवादी केन्द्र र नेकपा एमालेसँग उसको घाँटी जोडिएपछि राजनीतिक डिस्कोर्स बदलिएको छ । 

 

फलतः पुस २७ गते सरकारले राष्ट्रिय एकता दिवस मनाउँन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दियो । सोही दिन पोखरामा राप्रपा र राजा पक्षधरहरुले लखनचोकमा औपचारिक कार्यक्रम गरी थापाको शालिक मुनि फ्लेक्समा पूर्वराजालाई सजाएका छन् । 

 

अहिले उक्त स्थानमा तत्कालीन राजा र प्रजा मिलेर बसेका छन् । पुर्णकदमा माथि प्रजा र तल राजा छन् । 

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

थप पढ्नुहोस्